|  

म्याग्देखबर ई-पेपर

ई-पेपर भनेको के हो?
ई-पेपर (Electronic Paper) छापा माध्यम (Print Media) को पत्रिका वा समाचारपत्रलाई जस्ताको तस्तै डिजिटल रूपमा इन्टरनेटमार्फत पढ्न सकिने आधुनिक प्रविधि हो। यसले पाठकहरूलाई कम्प्युटर, ट्याब्लेट वा मोबाइलमार्फत नै वास्तविक पत्रिका पढेझैँ सहज अनुभव गराउँछ।

हालको सुविधा र प्रयोगको शर्तहरू (Terms of Use)

म्याग्देखबर डट कम (myagdekhabar.com) मा प्रकाशित समाचार तथा सामग्रीहरूलाई पाठकहरूले आफ्नो सहजताका लागि वेबसाइटको सम्बन्धित पेजमार्फत PDF (पिडिएफ) मा सेभ गर्न वा प्रिन्ट गर्न सक्नुहुनेछ। तर, यसको प्रयोग गर्दा देहायका शर्तहरू लागू हुनेछन्:

  • व्यक्तिगत तथा अध्ययन प्रयोजन (Fair Use): पाठकहरूले यो सुविधालाई केवल व्यक्तिगत अध्ययन, अध्ययन-अनुसन्धान र गैर-व्यावसायिक (Fair Use) प्रयोजनका लागि मात्र प्रयोग गर्न पाउनुहुनेछ।
  • व्यापारिक प्रयोगमा पूर्ण रोक: म्याग्देखबरमा प्रकाशित वा डाउनलोड गरिएका सामग्री, पिडिएफ वा प्रिन्ट प्रतिहरूलाई बिक्री-वितरण गर्न, व्यावसायिक रूपमा पुनः प्रयोग गर्न वा कुनै पनि नाफामूलक कार्यका लागि प्रयोग गर्न पूर्ण रूपमा मनाही गरिएको छ।

आगामी योजना (छिटै आउँदैछ)

पाठकवर्गको रुचि र मागलाई ध्यानमा राख्दै म्याग्देखबरले वास्तविक छापा पत्रिका जस्तै पृष्ठहरू पल्टाएर पढ्न सकिने अत्याधुनिक ई-बुक (e-Book/Flipbook) संस्करणमा आधारित पूर्ण रूपको 'ई-पेपर' सुविधा छिटै सञ्चालनमा ल्याउँदैछ। यो सुविधा सुरु भएपछि पाठकहरूले अझ सहज र उत्कृष्ट डिजिटल पठन अनुभव प्राप्त गर्नुहुनेछ।

सम्पर्क तथा जिज्ञासाका लागि:

  • कार्यालय: म्याग्दे गाउँपालिका वडा नं. ७, थर्पु (घुम्ती), तनहुँ, गण्डकी प्रदेश, नेपाल
  • फोन: +९७७-९८५६०६३९०१, +९७७-९८०६७४९८५९
  • इमेल: info@myagdekhabar.com / myagdekhabareditor@gmail.com