|  

सम्पादन र एआई नीति

म्याग्दे खबर (MyagdeKhabar.com) पत्रकारिताको विश्वव्यापी मान्यता, व्यावसायिक धर्म, निष्पक्षता र सत्यतथ्य सूचना प्रवाहप्रति सदैव प्रतिबद्ध छ। डिजिटल युगको तीव्र विकाससँगै सञ्चार माध्यमलाई अझ परिष्कृत, छिटो र प्रभावकारी बनाउन हामीले परम्परागत सम्पादन शैलीका साथै आधुनिक प्रविधिको जिम्मेवारीपूर्ण प्रयोगलाई आत्मसाथ गरेका छौँ।

हाम्रो सम्पादन र आर्टिफिसियल इन्टेलिजेन्स (AI) सम्बन्धी नीति निम्न बमोजिम रहेको छ:
१. सम्पादन नीति र पत्रकारिताको मूल्य (Editorial Policy)
  • तथ्यपरकता र निष्पक्षता: हाम्रा समाचार, विचार र सामग्रीहरू पूर्वाग्रहरहित, सन्तुलित र पुष्टि भएका तथ्यहरूमा आधारित हुनेछन्।
  • उत्तरदायित्व: हामी जनहित र पाठकको सुसूचित हुन पाउने अधिकारको रक्षाका लागि प्रतिबद्ध छौँ।
२. कृत्रिम बौद्धिकता (AI) को जिम्मेवारीपूर्ण प्रयोग
युगको माग र प्रविधिको द्रुत विकासलाई ध्यानमा राख्दै म्याग्दे खबरले आफ्ना डिजिटल सामग्रीहरूको व्यवस्थापन र प्रस्तुतिलाई अझ सुदृढ बनाउन एआई (AI) प्रविधिको प्रयोग गर्दछ।
  • सामग्रीको द्रुत व्यवस्थापन (Content Moderation): हाम्रा पाठकहरू माझ सत्य र मर्यादित सामग्रीहरू छिटोभन्दा छिटो पुर्‍याउन तथा वेबसाइटमा आउने अनधिकृत वा अमर्यादित प्रतिक्रियाहरूलाई स्वचालित रूपमा रोक्न (Moderate गर्न) हामी एआई प्रविधिको सहयोग लिन्छौँ।
  • काल्पनिक र सन्दर्भ सामग्रीको प्रस्तुति (Imaginary Reference): समाचार र विश्लेषणात्मक सामग्रीहरूलाई दृश्यात्मक रूपमा बुझ्न सजिलो बनाउन हामी एआईद्वारा सिर्जित काल्पनिक सन्दर्भ सामग्रीहरूको प्रयोग गर्दछौँ। यस अन्तर्गत एआई जेनेरेटेड तस्बिर (Image), भिडियो (Video), अडियो (Audio), पडकास्ट (Podcast), र इन्फोग्राफिक्स (Infographics) लगायतका सामग्रीहरू समावेश हुन सक्छन्।
३. मानवीय पुनरावलोकन र सम्पादन (Human Review)
  • प्रविधिको प्रयोग गरिए तापनि जुनसुकै सामग्री प्रकाशन वा प्रसारण गर्नुअघि हाम्रो सम्पादकीय टोलीद्वारा त्यसको उचित, सान्दर्भिक र कडा मानवीय पुनरावलोकन (Proper Review) गरिन्छ।
  • एआईद्वारा सिर्जित सामग्रीहरूले पत्रकारिताको आचारसंहिता र संवेदनशीलताको उल्लङ्घन नगरेको सुनिश्चित गरिएपछि मात्र प्रकाशनको अनुमति दिइन्छ।
४. त्रुटी र जवाफदेहिता (Acceptance of Error)
एआई एक सहायक प्रविधि मात्र भएकाले कहिलेकाँही यसबाट प्राविधिक वा तथ्यगत कमजोरीहरू हुन सक्ने सम्भावनालाई हामी नकार्दैनौँ।
  • यदि एआई प्रविधिको तर्फबाट कुनै पनि प्रकारको त्रुटी वा गल्ती हुन गएमा, त्यसलाई हामी हाम्रो आफ्नै सम्पादकीय त्रुटी (Error done by us) को रूपमा स्वीकार गर्दछौँ।
  • यस्ता त्रुटीहरू फेला परेमा वा कसैले ध्यानाकर्षण गराएमा हामी तुरुन्त सच्याउने, स्पष्टीकरण दिने वा आवश्यकता अनुसार सामग्री परिमार्जन/हटाउने जिम्मेवारी लिन्छौँ।