बन्दीपुर गाउँपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको शैक्षिक तथा प्रशासनिक नेतृत्वलाई प्रभावकारी र जवाफदेही बनाउने उद्देश्यका साथ गाउँ कार्यपालिकाको कार्यालयले विभिन्न ९ वटा विद्यालयमा प्रधानाध्यापक (प्रअ) पदपूर्तिका लागि खुला आवेदन आह्वान गरेको छ।
शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरू, कार्यपालिकाको निर्णयअनुसार काजमा खटिएका शिक्षकहरू तथा अन्य विद्यालयहरूबाट समेत योग्य शिक्षकहरूले आवेदन दिन सक्ने गरी यो सूचना प्रकाशित गरिएको हो। इच्छुक तथा योग्य शिक्षकहरूले सूचना प्रकाशित भएको मिति (२०८३/०४/२१) ले १५ दिनभित्र आवश्यक कागजातसहित सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनसमक्ष आवेदन पेस गर्नुपर्नेछ।
माँग गरिएका विद्यालय, तह र पद संख्या विवरण
| क्र.सं. | विज्ञापन नं. | विद्यालयको नाम | तह | पद | संख्या |
|---|---|---|---|---|---|
| १ | ००१/०८३/८४ | विष्णु मा.वि., बन्दीपुर–१ | माध्यमिक | प्रधानाध्यापक | १ |
| २ | ००२/०८३/०४ | पवित्रा मा.वि., बन्दीपुर–१ | माध्यमिक | प्रधानाध्यापक | १ |
| ३ | ००३/०८३/०८४ | भानु मा.वि., बन्दीपुर–२ | माध्यमिक | प्रधानाध्यापक | १ |
| ४ | ००४/०८३/०८४ | शिव मा.वि., बन्दीपुर–३ | माध्यमिक | प्रधानाध्यापक | १ |
| ५ | ००५/०८३/०८४ | कालिका मा.वि., बन्दीपुर–२ | माध्यमिक | प्रधानाध्यापक | १ |
| ६ | ००६/०८३/०८४ | अरुण मा.वि., बन्दीपुर–६ | माध्यमिक | प्रधानाध्यापक | १ |
| ७ | ००७/०८३/०८४ | जगदिश्वर आ.वि., बन्दीपुर–४ | आधारभूत | प्रधानाध्यापक | १ |
| ८ | ००८/०८३/०८४ | चन्द्रोदय आ.वि., बन्दीपुर–५ | आधारभूत | प्रधानाध्यापक | १ |
| ९ | ००९/०८३/०८४ | सेतीगङ्गा आ.वि., बन्दीपुर–६ | आधारभूत | प्रधानाध्यापक | १ |
आवश्यक न्यूनतम योग्यता
-
माध्यमिक तहका लागि:
- स्नातोकत्तर तह (Master's Degree) उत्तीर्ण।
- शिक्षाशास्त्र विषयमा स्नातक (B.Ed.) वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको।
-
आधारभूत तहका लागि:
- स्नातक तह (Bachelor's Degree) उत्तीर्ण।
- शिक्षाशास्त्र विषयमा प्रमाणपत्र तह (10+2/PCL) वा सो सरह उत्तीर्ण गरी कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको।
दरखास्तसाथ पेस गर्नुपर्ने आवश्यक कागजातहरू
- उम्मेदवारको निवेदन
- निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- स्थायी नियुक्ति पत्रहरू (बढुवासहित) को प्रतिलिपि
- शैक्षिक योग्यताका प्रमाणपत्र (न्यूनतम र माथिल्लो) को प्रतिलिपि
- व्यवस्थापन तालिम र शैक्षिक तालिमका प्रमाणपत्रहरूको प्रतिलिपि
- विद्यालय विकास प्रस्ताव (School Development Proposal) र पछिल्लो तीन वर्षको अध्यापन गरेको विषयमा प्राप्त नतिजा विवरण
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, चुस्त व्यवस्थापन र नेतृत्व विकासका लागि यो छनोट प्रक्रिया महत्त्वपूर्ण हुने विश्वास गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद लामिछानेले व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्