काठमाडौँ, (एजेन्सी)
नेपालको जीवन बीमा क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै आइरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट शाखा, अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई कदर र सम्मान गर्ने उद्देश्यका साथ यहीँ साउन १६ गते होटल रोयल टुलिप काठमाडौंमा भव्य 'लिडर्स नाइट' (Leaders' Night) आयोजना गर्ने भएको छ।
नेपालको जीवन बीमा क्षेत्रमा नयाँ उचाइ हासिल गर्दै आइरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट शाखा, अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूलाई कदर र सम्मान गर्ने उद्देश्यका साथ यहीँ साउन १६ गते होटल रोयल टुलिप काठमाडौंमा भव्य 'लिडर्स नाइट' (Leaders' Night) आयोजना गर्ने भएको छ।
गएको आर्थिक वर्षभरि विषम परिस्थिति र चुनौतीपूर्ण बजारका बाबजुद पनि उत्कृष्ट कार्यसम्पादन गर्दै कम्पनीको व्यवसाय विस्तार एवं बीमा साक्षरता प्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्ने देशभरका एजेन्सी म्यानेजर, टप एजेन्ट तथा व्यावसायिक साझेदारहरूलाई प्रोत्साहनस्वरूप यो विशेष समारोह आयोजना गर्न लागिएको हो।
स्थापनाकालदेखि नै निरन्तर प्रगतिपथमा लम्किरहेको सिटिजन लाइफ इन्स्योरेन्सले छोटो समयमै बीमा क्षेत्रमा आफ्नै छुट्टै र भरपर्दो पहिचान बनाउन सफल भएको छ। उत्कृष्ट ग्राहक सेवा, वित्तीय पारदर्शिता र अत्याधुनिक प्रविधिको प्रयोगकै कारण कम्पनी ISO 9001:2015 Certified (गुणस्तर चिह्न प्राप्त) बन्न सफल भएको छ।
कम्पनीको उत्कृष्ट कार्यसम्पादनकै परिणाम स्वरूप सिटिजन लाइफ प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘छैटौं इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ (6th Emerging Asia Insurance Awards 2025) अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ (Best Life Insurance Company of the Year – Nepal) बाट सम्मानित भएको थियो। इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो प्रतिष्ठित पुरस्कार घोषणा गरी कम्पनीलाई प्रदान गरिएको थियो। कम्पनीको यही निरन्तरको प्रगति र सबल व्यवस्थापनले गर्दा सिटिजन लाइफप्रति बीमित र अभिकर्ताहरूको विश्वास झनै प्रगाढ बन्दै गएको छ।
देशैभरका सफल लिडरहरूको जमघट र सम्मान
साउन १६ गते राजधानीमा आयोजना हुने यस भव्य 'लिडर्स नाइट' मा देशभरिका विभिन्न शाखा तथा उपशाखाहरूबाट छानिएका हजारौं सफल बीमा लिडर्सहरुको सहभागिता रहनेछ।
आर्थिक वर्षभरि सबैभन्दा धेरै बीमा शुल्क (प्रिमियम) सङ्कलन गर्न सफल, धेरैभन्दा धेरै सर्वसाधारणलाई बीमाको सुरक्षा छत्रछायामा ल्याउन सक्षम, र व्यावसायिक टोलीलाई कुशल नेतृत्व प्रदान गर्ने एजेन्सी म्यानेजरहरूलाई विभिन्न विधामा आकर्षक अवार्ड, शिल्ड तथा सम्मानपत्र प्रदान गरिनेछ। कम्पनीले आफ्ना अभिकर्ताहरूलाई केवल व्यवसायको माध्यम मात्र नभई 'सिटिजन परिवार' को मुख्य स्तम्भका रूपमा लिँदै आएकाले उनीहरूको अनवरत मेहनतको सही मूल्याङ्कन र सम्मानका लागि यो कार्यक्रम महत्त्वपूर्ण हुने बताइएको छ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ सम्म कूल ९३६ करोड रुपैयाँ (रु. ९ अर्ब ३६ करोड) भन्दा बढी कूल बीमा शुल्क (Total Insurance Premium) सङ्कलन गर्दै वित्तीय प्रगतिमा नयाँ कोसेढुङ्गा पार गरेको छ। यो नतिजा बीमितहरूको अटुट विश्वास, कुशल व्यवस्थापन र देशभरिका अभिकर्ताहरूको दिनरातको मिहिनेतको प्रतिफल भएको कम्पनीले जनाएको छ।
साउन १६ गते आयोजना हुने 'लिडर्स नाइट' मा यही ठूलो सफलता दिलाउन अग्रपङ्क्तिमा खटिएका एजेन्सी म्यानेजर, टप एजेन्ट तथा व्यावसायिक साझेदारहरूलाई प्रोत्साहनस्वरूप विभिन्न विधामा आकर्षक अवार्ड, शिल्ड तथा सम्मानपत्र प्रदान गरिनेछ।
ब्रान्ड एम्बेसडर 'महजोडी' को विशेष उपस्थिति र डिजिटल रणनीति
समारोहको मुख्य आकर्षणका रूपमा सिटिजन लाइफका ब्रान्ड एम्बेसडर, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को विशेष उपस्थिति रहनेछ। सामाजिक उत्तरदायित्व र बीमा साक्षरता अभियानमा सँगै जोडिँदै आएको महजोडीको उपस्थितिले कार्यक्रमलाई अझ आकर्षक र प्रेरणादायी बनाउनेछ।
कम्पनीले सञ्चालनमा ल्याएका अनलाइन बीमा पोलिसी, डिजिटल भुक्तानी प्रणाली र अत्याधुनिक एजेन्ट पोर्टलहरूले गर्दा सेवाग्राही तथा अभिकर्ता दुवै पक्षलाई सहजता मिलेको छ। 'लिडर्स नाइट' मार्फत कम्पनीको व्यवस्थापन पक्षले आगामी आर्थिक वर्षका लागि नयाँ व्यावसायिक लक्ष्य, आधुनिक बीमा योजनाहरू र ग्राहक सेवालाई अझ प्रविधिमैत्री र पारदर्शी बनाउने भावी कार्यदिशा प्रस्तुत गर्नेछ।
बीमा क्षेत्रमा नयाँ उत्साहको अपेक्षा
सिटिजन लाइफ एन्स्योरेन्सको यो बहुप्रतीक्षित वार्षिकोत्सव तथा सम्मान कार्यक्रमले अभिकर्ताहरूमा मात्र नभई समग्र नेपाली जीवन बीमा क्षेत्रमै नयाँ उत्साह र सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।
साउन १६ गते आयोजना हुने यस भव्य समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, सञ्चालकहरू, मुख्य कार्यकारी अधिकृत (CEO), उच्च व्यवस्थापकहरू, चर्चित राष्ट्रिय कलाकारहरूका साथै देशभरबाट आएका सफल बीमा अभियन्ताहरूको बाक्लो उपस्थिति रहनेछ।
प्रतिक्रिया दिनुहोस्