|  

विपद्मा सहकारीको साथ: म्याग्दे सहकारीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा रु. ५५,५५५ सहयोग

तस्बिर: तनहुँ प्रेस
म्याग्दे, तनहुँ — रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लाका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५५ हजार ५ सय ५५ (रु. ५५,५५५) सहयोग प्रदान गरेको छ।

​गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढीका कारण घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुग्नुका साथै हजारौँ परिवारहरू प्रभावित भएका छन्। बाढीबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायतका जिल्लाका नागरिकहरू प्रभावित बनेका छन्।

​यस दुःखद् परिस्थितिमा “विपद्मा सबैको साथ, सहयोग र सहकार्य” भन्ने भावनाका साथ सहकारीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सो रकम सहयोग गरेको हो।

​विपद्मा परेका नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको यस प्रयासले मानवीय सेवामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास सहकारीले व्यक्त गरेको छ। साथै, संस्थाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा विपद्का कारण पीडित बनेका नागरिकहरूको दुःखमा साथ दिन र आफ्नो क्षमताअनुसार सहयोग गर्न सम्पूर्ण सेयर सदस्य, संघ–संस्था तथा आम नागरिकहरूमा हार्दिक अपिलसमेत गरेको छ।

संस्थागत सम्पर्क विवरण:

  • ​संस्थाको नाम: म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड
  • ठेगाना: म्याग्दे–४, घुम्ती, तनहुँ
  • सम्पर्क फोन नं.: ०६५–४००१००

कुनै प्रतिक्रिया छैन