|  

म्याग्दे गाउँपालिकाद्वारा फोहोरमैला व्यवस्थापनसम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन हुँदै

तनहुँ, साउन २०

म्याग्दे गाउँपालिकाले गाउँपालिकाभित्र फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित बनाउन र सेवा शुल्क संकलन कार्य कार्यान्वयन गर्नका लागि वडास्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

आर्थिक वर्ष २०८३/०८४ देखि फोहोरमैला व्यवस्थापन सेवा सञ्चालन तथा सो सम्बन्धी शुल्क संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाले वडा नं. १ देखि ७ सम्मका जनप्रतिनिधि, टोल विकास संस्था, आमा समूह, युवा क्लब, विद्यालय, व्यवसायी तथा सरोकारवालाहरूलाई समेटेर उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।

गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार अभिमुखीकरण कार्यक्रम सम्बन्धित वडा कार्यालयको सभाहलमा देहायका मितिहरूमा सञ्चालन हुनेछ:

  • वडा नं. १: २०८३ साउन २५ गते
  • वडा नं. २: २०८३ साउन २६ गते
  • वडा नं. ३: २०८३ साउन २८ गते
  • वडा नं. ४: २०८३ साउन २९ गते
  • वडा नं. ५: २०८३ भाद्र १ गते
  • वडा नं. ६: २०८३ भाद्र २ गते
  • वडा नं. ७: २०८३ भाद्र ३ गते

​फोहोरमैला व्यवस्थापन र शुल्क संकलनसम्बन्धी नीति तथा योजनाबारे पूर्वजानकारी दिई समन्वय र सहकार्य अभिवृद्धि गर्न यो कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। कार्यक्रममा स्थानीयवासी, व्यवसायी तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूलाई उल्लेखनीय सहभागिताका लागि आह्वान गरिएको छ।

कुनै प्रतिक्रिया छैन