खैरेनीटारस्थित मनिषा होटल नजिकबाट एक मोटरसाइकल चोरी भएको घटनाप्रति प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।
पीडित माधव अधिकारीका अनुसार साउन १६ गते राति करिब १:३० बजे आफ्नै निवास परिसरमा पार्किङ गरी राखिएको ग.११ प. ६९११ नम्बरको मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको हो।
घटनापछि संकलन गरिएका विभिन्न सीसीटीभी फुटेजमा एक व्यक्तिले मोटरसाइकल लगिरहेको दृश्य देखिएको बताइएको छ। सोही आधारमा शंकास्पद व्यक्तिको पहिचान तथा चोरी भएको मोटरसाइकल फेला पार्न पीडितले सर्वसाधारणसँग सहयोगको अपिल गरेका छन्।
उक्त व्यक्तिलाई कसैले चिनेको, देखेको वा घटनासम्बन्धी कुनै जानकारी भए ९८४६०९०२११ नम्बरमा सम्पर्क गरी जानकारी गराइदिन अनुरोध गरिएको छ। प्राप्त सूचना गोप्य राखिने जनाइएको छ।
स्थानीयवासीले पनि चोरीका घटनाप्रति सतर्क रहन तथा कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकाय वा पीडितलाई जानकारी गराउन आग्रह गरिएको छ।
प्रतिक्रिया दिनुहोस्