गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि घिरिङ गाउँपालिकाभित्र कार्यान्वयन हुने गरी विभिन्न विकास योजना तथा कार्यक्रमहरूमा बजेट विनियोजन गरेको छ। प्राप्त विवरण अनुसार यस वर्ष सडक पूर्वाधार, मोटरेबल तथा झोलुंगे पुल, सिँचाइ, खानेपानी, धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
गाउँपालिकाभित्र विनियोजित योजना तथा बजेटको पूर्ण विवरण यसप्रकार रहेको छ:
१. सडक पूर्वाधार तथा पुल निर्माण योजनाहरू
- देउराली-मानपुर सडक खण्ड (घिरिङ-५): रु. १ करोड ५० लाख
- शालिग्राम करिडोरअन्तर्गत झुरा खोला पुल (घिरिङ-४): रु. १ करोड
- मदन मोटर मार्ग - समपूरक (घिरिङ-२): रु. ६० लाख
- मोहरिया, बल्छिगौंडा, मचावारी (घिरिङ-५): रु. ५० लाख
- खुलालबेसी र बांझबेसी जोड्ने झोलुंगे पुल (घिरिङ-१): रु. ३० लाख
- दारेगौंडा अर्यालबेसी शालिग्राम करिडोर (घिरिङ-१): रु. २५ लाख
- पाल्पा १ रामपुर जोड्ने पक्की पुलदेखि शिवालय चोक हुँदै शालिग्राम करिडोर (घिरिङ-१): रु. २५ लाख
- शालिग्राम करिडोर, बेलफेंद, आठमुरे मार्ग (घिरिङ-१): रु. २५ लाख
- रामकोट जितपुर हुँदै नयाँपुल (घिरिङ-४): रु. २५ लाख
२. खानेपानी तथा सिँचाइ योजनाहरू
- माहुरकोट खानेपानी (घिरिङ-२): रु. ४० लाख
- चमेरेढाँढ खानेपानी (घिरिङ-२): रु. २८ लाख
- नयाँटार सिँचाइ योजना (घिरिङ-४): रु. २० लाख
- बृहद घिरिङ-१ खानेपानी (घिरिङ-१): रु. २० लाख
- तालेखेत सिँचाइ (घिरिङ-१): रु. २० लाख
- अत्रौलि पुट्टार सिँचाइ (घिरिङ-१): रु. १० लाख
- पुट्टारढाव खानेपानी (घिरिङ-१): रु. १० लाख
- धेनुङ खानेपानी (घिरिङ-५): रु. १० लाख
- क्याडेल खोला खेत सिँचाइ (घिरिङ-२): रु. ५ लाख
- गढी झौरि सिँचाइ आयोजना (घिरिङ-१): रु. ५ लाख
- भर्लाङ्दि धेनुङ खानेपानी (घिरिङ-५): रु. ५ लाख
३. धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पूर्वाधार
- कालिका बराह मन्दिर (घिरिङ-१): रु. १० लाख
- बौद्ध बिहार गुम्बा (घिरिङ-१): रु. १० लाख
- वाथोक होमस्टे (घिरिङ-३): रु. ५ लाख
- महामृत्युञ्जय धाम (घिरिङ-१): रु. ५ लाख
- शिव पञ्चायन मन्दिर (घिरिङ-१): रु. ५ लाख
- घुमाउने ताल पूर्वाधार निर्माण (घिरिङ-३): रु. ५ लाख
- कालिका वाराही मन्दिर, अर्थेरि (घिरिङ-१): रु. ५ लाख
- नीलकण्ठ शिवालय मन्दिर अधुरो (घिरिङ-१): रु. ५ लाख
- बालीघाट संरक्षण तथा पर्यटकीय पूर्वाधार (घिरिङ-४): रु. ५ लाख
४. खेलकुद तथा अन्य सामाजिक पूर्वाधार
- प्याराफिटयुक्त गाउँपालिकास्तरीय खेल मैदान - विशेष (घिरिङ-३): रु. ४० लाख
- दीपज्योति मगर समाज भवन (घिरिङ-१): रु. १० लाख
- पालिकास्तरीय खेलमैदान निर्माण (घिरिङ गा.पा.): रु. १० लाख
- सरस्वती मा.वि. खेल मैदान (घिरिङ-५): रु. ५ लाख
प्रदेश सरकारबाट यी योजनाहरू परेपछि घिरिङ गाउँपालिकाको समग्र भौतिक, आर्थिक तथा सामाजिक विकासमा थप टेवा पुग्ने स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले अपेक्षा गरेका छन्। यी योजनाहरूको समयमै पारदर्शिताका साथ कार्यान्वयन गर्नुपर्नेमा स्थानीय तहका अगुवाहरूले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस्