पोखराबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रुबाहक बस आज मिति २०८२ जेठ ६ गते बुधबारका दिन दिउँसो तीव्र गतिका कारण चालकको नियन्त्रण गुमाई सडकबाट करिब २० मिटर तल खोसामा खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
घटनाको खबर प्राप्त हुनासाथ स्थानीय प्रहरी प्रशासन र उद्धार टोली तत्काल घटनास्थलमा पुगी घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा परी घाइते भएका २५ जनामध्ये १५ जनालाई उपचारका लागि प्रदेश अस्पताल दमौली, ७ जनालाई रत्नहरि अस्पताल दमौली र ३ जनालाई म्याग्दे पोलिक्लिनिक थर्पुमा पठाइएको प्रहरीले जानकारी दिएको छ।
घाइतेमध्ये सामान्य उपचारपश्चात् ४ जना डिस्चार्ज भइसकेका छन् भने गम्भीर घाइते एकजनालाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल रिफर गरिएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन भने प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्