|  

दुबईबाट छबिलाल रानाको नेतृत्वमा 'लिलबहादुर राना बचाउन अभियान' सम्पन्न गरि रु. ६५,००० आर्थिक सहयोग हस्तान्तरण

तनहुँ, घिरिङ
वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (दुबई) मा कार्यरत युवाहरूको पहलमा घिरिङका बासिन्दा लिलबहादुर राना मगरको उपचार तथा बचाउ अभियानका लागि आर्थिक सहयोग जुटाइएको छ ।
दुबईमा सक्रिय सामाजिक व्यक्तित्व छबिलाल रानाको नेतृत्वमा विभिन्न देशका नागरिक तथा दाताहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको कुल रु. ६५,०००/- (1825 AED) सहयोग रकम सम्बन्धित अभियानमा हस्तान्तरण गरिएको हो ।
विदेशमा रहेर पनि स्वदेशका दुःखी, पीडित तथा अप्ठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने पवित्र उद्देश्यका साथ यो अभियान सञ्चालन गरिएको संयोजक छबिलाल रानाले जानकारी दिनुभएको छ। सहयोग गर्नुहुने महानुभावहरूको नामावली विवरण घिरिङ अपडेटले यसरी सार्वजनिक गरेको छ।
​१. छबिलाल राना (घिरिङ घैराटोक, दुबई) – २०५ AED
​२. विमल सुनार (घिरिङ गैराटोक) – ५० AED
​३. दिनेश थापा (घिरिङ बोहोचप) – १०० AED
​४. विरजा थापा (घिरिङ कोल्डाडा) – ११० AED
​५. देव नेपाली (घिरिङ घैराटोक) – १५० AED
​६. रुमबहादुर थापा (घिरिङ कोल्डाडा) – १०० AED
​७. रामु थापा (घिरिङ दादाथोक) – १०० AED
​८. रसु राना (घिरिङ दादाथोक) – १०५ AED
​९. सुन्दर कुमाल (घिरिङ जगाउलीटार) – १०० AED
​१०. मुक्ता थापा (घिरिङ देउराली) – ६० AED
​११. भोला यादव (वीरगञ्ज) – १५० AED
​१२. राजु अधिकारी (पोखरा) – २० AED
​१३. सन्तलाल तामाङ (काठमाडौं) – ५० AED
​१४. केशवकुमार दङ्गाल (झापा) – ५५ AED
​१५. पुरन भट्टराई (झापा) – ३० AED
​१६. मोजम्मेल (बंगलादेश) – १० AED
​१७. जकारिया (बंगलादेश) – १० AED
​१८. फक्रम (बंगलादेश) – ५० AED
​१९. प्रदीप मोक्तान (भोजपुर) – २० AED
​२०. युवराज पोखरेल (काठमाडौं) – २५ AED
​२१. अर्जुन खड्का ठकुरी (बागलुङ) – ५० AED
​२२. विकास घिमिरे (सुनसरी) – ५० AED
​२३. तारा सोती मगर (कावासोती) – ३० AED
​२४. पुन्जन अधिकारी (काठमाडौं) – २० AED
​२५. सन्तोष कुमाल (पोखरा) – २० AED
​२६. जग थापा (तनहुँ) – ५० AED
​२७. रुमबहादुर थापा (घिरिङ कोटेडाडा) – १०५ AED
परदेशको भूमिमा पसिना बगाउँदै गर्दा पनि मानवीय समवेदनालाई शिरोधार्य गरी नेपाली दाजुभाइको जीवन बचाउन आर्थिक सहयोग जुटाउने यो अभियानले समाजमा ठूलो सकारात्मक सन्देश दिएको छ। यस विषम परिस्थितिमा आर्थिक तथा नैतिक रूपमा साथ दिनुहुने संयोजक छबिलाल रानालगायत बंगलादेश, भारतलगायत विभिन्न स्थानका र देशका विभिन्न जिल्लाबाट सहयोग गर्ने सम्पूर्ण सहयोगीदाता महानुभावहरूप्रति 'घिरिङ्ग अपडेट'को तर्फबाट हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरिएको छ।

कुनै प्रतिक्रिया छैन