|  

तनहुँको म्याग्दे–१ लाई औपचारिक रूपमा बालश्रममुक्त वडा घोषणा

म्याग्दे (थर्पु)
आज मिति २०७९ पुस १२ गते (सन् २०२२ डिसेम्बर २७) मा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ लाई औपचारिक रूपमा बालश्रममुक्त वडा घोषणा गरिएको छ।  
वडा कार्यालयको प्रांगणमा आयोजित एक विशेष घोषणासभाका बीच म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वडा नं. १ लाई बालश्रममुक्त वडा घोषणा गर्नुभएको हो। बाल अधिकारको संरक्षण गर्ने, बालबालिकालाई श्रममा लगाउने प्रवृत्तिको अन्त्य गर्ने र उनीहरूको शिक्षा तथा विकासको अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थानीय सरकारले यो महत्त्वपूर्ण कदम चालिरहेको छ।  
​कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले नेपालको सन्दर्भमा बालश्रम अ अझै पनि एक ठूलो चुनौतीको रूपमा रहेको उल्लेख गर्दै यसलाई स्थानीयस्तरबाटै पूर्ण रूपमा उन्मुलन गर्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। वडालाई बालश्रममुक्त बनाउनका लागि विगत केही समयदेखि स्थानीय तह, विद्यालय, महिला समूह, युवा क्लब र टोल विकास संस्थाको सहकार्यमा विभिन्न सचेतना मूलक कार्यक्रमहरू तथा अनुगमन कार्यहरू तीव्र पारिएको थियो।  
​घोषणा कार्यक्रममा वडाभित्रका सम्पूर्ण बालबालिकालाई विद्यालयको पहुँचमा पुर्याउने र कसैलाई पनि श्रममा लगाउन नदिने सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरिएको थियो।

कुनै प्रतिक्रिया छैन