सतिस अंग्रेजी बोर्डिङ स्कुलमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

दमौली। तनहुँको व्यास नगरपालिका वडा नं. १०, शान्तिनगरस्थित सतिस अंग्रेजी आवासीय माध्यमिक विद्यालयले एक विशेष समारोहका बीच विज्ञान तथा गणित प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूको रचनात्मक क्षमता र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रदर्शनीको आयोजना गरिएको हो।


प्रदर्शनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आफैँ निर्माण गरेका विभिन्न प्रयोगात्मक प्रोजेक्टहरू प्रदर्शनमा राखेका थिए। विद्यार्थीहरूले विज्ञानका सिद्धान्त र गणितीय अवधारणालाई व्यवहारिक रूपमा बुझाउने खालका सामग्रीहरू प्रस्तुत गरेका थिए, जसलाई अवलोकनकर्ताहरूले अभिरुचिपूर्वक नियालेका थिए।

विद्यालयका प्रिन्सिपल दिर्घ बहादुर दरैले कक्षाकोठाको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रूपमा उतार्न यो प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, "विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गराउन र उनीहरूलाई अनुसन्धानमुखी शिक्षातर्फ आकर्षित गर्न हामीले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छौं।"

0/Post a Comment/Comments

MyagdeKhabar.com