सतिस बोर्डिङको ऐतिहासिक सफलता: व्यास नगरपालिकामा दोस्रो र जिल्लाभर उत्कृष्ट ५ भित्र

दमौली । तनहुँको व्यास नगरपालिका–१०, शान्तिनगरमा अवस्थित सतिस अंग्रेजी आवासीय माध्यमिक विद्यालयले शैक्षिक गुणस्तरमा नयाँ उचाइ चुमेको छ। हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० को नतिजा अनुसार यस विद्यालयले उत्तीर्ण प्रतिशतका आधारमा व्यास नगरपालिकाभरिकै विद्यालयहरूमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएको छ। स्थानीय स्तरमा मात्र नभई, समग्र तनहुँ जिल्लाभरिका विद्यालयहरूको सूचीमा समेत सतिस बोर्डिङ उत्कृष्ट ५ भित्र पर्न सफल भएको छ।

विद्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको एसइई परीक्षामा यस विद्यालयबाट जम्मा १२ जना विद्यार्थीहरू सहभागी भएका थिए। सानाे समूह भए तापनि विद्यार्थीहरूले ल्याएको नतिजा भने निकै प्रभावशाली देखिएको छ। सहभागीमध्ये ३ जना विद्यार्थीले ३.६ भन्दा माथि जीपीए (GPA) प्राप्त गरी विशिष्ट श्रेणीको नतिजा ल्याएका छन् भने अन्य ८ जना विद्यार्थीहरूले पनि उच्च अङ्कका साथ परीक्षा उत्तीर्ण गरेका छन्।

समग्रमा ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको यस विद्यालयको यो उपलब्धिलाई जिल्लाकै महत्वपूर्ण शैक्षिक उपलब्धिको रूपमा हेरिएको छ। उचित शैक्षिक वातावरण, दक्ष शिक्षक र विद्यार्थीहरूको कडा परिश्रमका कारण यो सफलता सम्भव भएको विद्यालय प्रशासनले जनाएको छ। शान्तिनगर क्षेत्रमा सञ्चालित यस विद्यालयले पछिल्लो समय प्राज्ञिक र अतिरिक्त क्रियाकलाप दुवैमा आफूलाई अब्बल सावित गर्दै आएको छ।

0/Post a Comment/Comments

MyagdeKhabar.com