|  

भिमादमा खुला तीज गीत प्रतियोगिता सम्पन्न: समता आमा समूह प्रथम

विनोद रखाली मगर
भाद्र ९, थर्पु (तनहुँ) ।
​नेपाल महिला सङ्घ भिमाद नगरपालिकाको आयोजनामा हरितालिका तीजको अवसरमा सञ्चालित खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाका १५ वटा आमा समूहहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा समता आमा समूह, भिमाद–३ जलौदी प्रथम हुँदै नगद रु. २५ हजार प्राप्त गरेको छ।
​त्यसैगरी, सृष्टि आमा समूह, भिमाद–५ लदन द्वितीय र सुन्दरटोल आमा समूह, भिमाद–६ वागटार तृतीय हुँदै क्रमशः नगद रु. १५,००० र रु. १०,००० प्राप्त गर्न सफल भएका छन्। यसैगरी, विभिन्न पाँच विधामा उत्कृष्ट हुने अन्य पाँच आमा समूहलाई रु. दुई हजारका दरले पुरस्कृत गरिएको थियो।
​प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय परिषद् तनहुँका उपप्रमुख पवित्रा पौडेलले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसङ्घका पूर्वअध्यक्ष प्रदीप पौडेल, नेपाली कांग्रेस महासमिति सदस्य जितप्रकाश आले, पुष्पराज पराजुली, महिला सङ्घका केन्द्रीय सदस्य चिनु पोखरेल, महाधिवेशन प्रतिनिधि चुरामणि खनाल, महाधिवेशन प्रतिनिधि मिलन आले, पूर्वमहासमिति सदस्य इन्दिरा खनालगायतले मन्तव्य राख्नुभएको थियो।
​प्रतियोगिताको निर्णायक मण्डलमा सांस्कृतिक सङ्घ क्षेत्र नं. ३ का अध्यक्ष पशुपति अर्याल, सञ्चारकर्मी विनोद रखाली मगर र शिक्षक सङ्घका सचिव शान्ता वास्तोला रहनुभएको थियो। महिला दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम भिमाद रङ्गशालामा सम्पन्न भएको थियो।

कुनै प्रतिक्रिया छैन