|  

नेइमारको डेब्यु खेल १ सय ८३ देशमा सिधा प्रसारण

थर्पु (तनहुँ) ।
​विश्व कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा आबद्ध भएका ब्राजिलियन स्ट्राइकरले फ्रेन्च लिगमा उत्कृष्ट सुरुवात गरेका छन्।
​उनले गुइनगाम्पविरुद्धको डेब्यु खेलमा गोल गर्नुका साथै गोलका लागि पास पनि मिलाएका थिए। उनको खेल १ सय ८३ देशमा सिधा प्रसारण भएको थियो। नेइमारले ८२औँ मिनेटमा इडिन्सन काभानीको पासमा गोल गर्नुको साथै ६२औँ मिनेटमा काभानीलाई गोलका लागि अवसर मिलाइदिएका थिए।
​उनले पूरा खेलमा १ सय २८ पल्ट बल छोएका थिए। युरोपेली क्लब फुटबलमा उनले दोस्रो पल्ट सर्वाधिक मात्रामा बल छोएका हुन्।

कुनै प्रतिक्रिया छैन