|  

भानु नगरपालिकाद्वारा मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशित, तीन जना उम्मेदवार अन्तरवार्ताका लागि छनोट

तनहुँ, फुस्रेटार
तनहुँको भानु नगरपालिका नगरकार्यपालिकाको कार्यालयले स्वास्थ्य सेवातर्फ रिक्त रहेको मेडिकल अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। नगरपालिकाले करार सेवामा पदपूर्तिको लागि यसअघि लिइएको लिखित परीक्षाबाट उत्तीर्ण भई छनोट भएका उम्मेदवारहरूको विवरण सहितको सूचना प्रकाशन गरेको हो।
​छनोट भएका उम्मेदवारहरूको विवरण
​मिति २०८३/०२/२८ गते लिइएको लिखित परीक्षाबाट वर्णानुक्रम अनुसार देहायबमोजिमका परीक्षार्थीहरू अन्तर्वार्ताका लागि सफल भएका छन्:
​१. इमान सिं गुरुङ (ठेगाना: भानु-२, रोल नं. १)
​२. विजय कुमार मण्डल (ठेगाना: धनुषा, रोल नं. २)
​३. स्वणीमा श्रेष्ठ (ठेगाना: भानु-९, रोल नं. ४)
​अन्तर्वार्तासम्बन्धी जानकारी
​लिखित परीक्षाबाट छनोट भई अन्तर्वार्ताका लागि सूचीकृत भएका उम्मेदवारहरूलाई तपसिल बमोजिमको मिति, समय र स्थानमा उपस्थित हुन नगरपालिकाको पदपूर्ति समितिले अनुरोध गरेको छ:
​मिति: २०८३/०४/०१ गते
​समय: बिहान ८:०० बजे
​स्थान: सेवा प्रवाह कार्यालय, भानु नगरपालिका, भन्सार
​अन्तर्वार्ता परीक्षामा सहभागी हुँदा सबै उम्मेदवारहरूले आफ्ना सकल शैक्षिक प्रमाणपत्रहरू अनिवार्य रूप साथमा लिएर उपस्थित हुनुपर्ने भानु नगरपालिकाको पदपूर्ति समितिले जनाएको छ।

कुनै प्रतिक्रिया छैन